काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सबै नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन खुलेआम आह्वान गरेका छन्।

ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकपछि अध्यक्ष यादवले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेकालाई ‘आफ्नो पुरानो घरमा फर्किन’ आग्रह गर्दै जसपाको ढोका सधैं खुला रहेको बताए।

advertisement

उनका अनुसार पार्टी स्थापनाकालदेखि असन्तुष्ट भएर टाढिएका नेताहरूलाई कुनै सङ्कोच वा अप्ठ्यारो नमानि फर्किन स्वागत गर्ने निर्णय बैठकले गरेको हो।

अध्यक्ष यादवले भने, ‘विगतमा जे जस्तो कारणले पार्टी छाड्नुभएको होस्, जसपा नेपालमा फर्किनुहोस् — हामी सबैको साझा घर यही हो। फर्किन कसैले दुःख, धक वा सङ्कोच मान्नुपर्ने छैन।’
उनले फर्किनेहरूलाई पार्टीभित्र योग्यताअनुसार जिम्मेवारी र भूमिका प्रदान गरिने आश्वासन पनि दिए।

बैठकले वर्तमान राजनीतिक परिदृश्यमा जसपालाई अझ सशक्त, समावेशी र संगठनात्मक रूपमा विस्तार गर्न ‘पुराना सहकर्मीलाई घर फर्काउने अभियान’ लाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको बताइएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com