काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र जनार्दन शर्माले एक भएर अघि बढ्ने संकल्प गरेका छन् ।

प्रेस वक्तव्य निकालेर उनीहरूले भनेका छन्, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौँ ।’

advertisement

साथै उनीहरूले सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गरेका छन् ।

यी तीनै जना संलग्न रहेको दलसहितको नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीमा भुसाल महासचिव थिए । जनार्दन नेकपा माओवादी केन्द्रमा उपमहासचिव थिए । ‘विप्लव’ कम्युनिस्ट पार्टी नेपालको महासचिव हुन् । यी तीनै जना पुष्पकमल दाहाल ‘प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने गरी भएको पार्टी एकतामा सामेल भएनन् ।

तीनै जनाले शुक्रबार संयुक्त प्रेस वक्तव्य निकालेर एक भएर अघि बढ्ने संकल्प लिएका हुन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com