काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छिन् ।
संग्रौलाले आफ्ना भनाइमा नेताहरूले जीवनकालमै आफ्नो आचरण र चरित्र सुधार गर्न आवश्यक रहेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मोहम्मद अफ्ताब आलमले देहत्याग गर्नुभएको छ। नेताहरूले सुध्रिन जरुरी छ — कम्तीमा यस्तो अवस्था नआओस् कि कसैको मृत्युमा जनताले उत्सव मनाउनुपर्ने स्थिति सिर्जना होस्। आलमको आत्माले शान्ति पाओस्।’
पूर्वमन्त्री आलमको आज बिहान काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य समस्या देखिएपछि उनी विगत एक महिनादेखि सिनामंगलस्थित उक्त अस्पतालमा उपचाररत थिए ।
दसैंअघि नै अस्पतालमा भर्ना भएका आलमलाई पछिल्लो एक सातादेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया