काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र सुसंस्कृत राजनीतिक संगठनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनका अनुसार एमालेले क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीलाई आफ्नो मूल पहिचानका रूपमा अघि बढाउनुपर्छ ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भट्टराईले लेखेका छन्, ‘हामी चाहन्छौं र हामी बनाउँछौं — सबैको सम्मान र आत्मगौरवले भरिएको एमाले, सहकार्य र सहअस्तित्वमा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, र क्रान्तिकारी विचारसहित जनमुखी कार्यशैलीयुक्त एमाले।’
उनले पार्टी निर्माणका क्रममा स्वर्गीय नेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त र मान्यतालाई आधार बनाएर संगठनलाई नयाँ युगको आवश्यकताअनुसार पुनर्गठन गर्नुपर्नेमा पनि जोड दिए ।
भट्टराईले वर्तमान राजनीतिक चुनौतीहरूलाई सामना गर्न सबै कार्यकर्ता एकताबद्ध भएर पार्टी सुदृढीकरणमा जुट्न आह्वान गरेका छन् ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया