काठमाडौं । शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारा सहित प्रदर्शन गरेको छ।
शनिबार सो सङ्गठनले सामाखुसीबाट वनस्थलीसम्म र्यालीसहित प्रदर्शन आयोजना गरेको थियो। र्याली सामाखुसीबाट सोरखुट्टे तर्फ अघि बढ्दा प्रहरीले नियन्त्रणमा लिएको र सोही कारण र्यालीलाई वनस्थलीतर्फ मोडेर सभा सुरु गरिएको थियो।
प्रदर्शनकारीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए र वर्तमान सरकारको विरोध जनाएका थिए।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया