काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशका उद्योगी तथा व्यवसायीहरूलाई उच्च मनोबलका साथ उत्पादन र लगानीमा जुट्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’पछि देखिएको आर्थिक एवं सामाजिक परिवर्तनलाई अवसरको रूपमा लिएर निजी क्षेत्रले अघि बढ्नुपर्ने सुझाव दिए।

advertisement

गभर्नर पौडेलले नयाँ व्यवसाय र रोजगारीका अवसर सृजना गरेर अघि बढ्न सके नेपालको उद्योग–व्यवसाय क्षेत्रमा सुधारको बाटो खुल्ने विश्वास व्यक्त गरे। उनका अनुसार अहिले मुलुकमा वैधानिक सरकार छ र शीघ्रै जननिर्वाचित सरकार गठन हुने भएकाले निजी क्षेत्रले निराशा होइन, आशा र आत्मविश्वासका साथ काम गर्नुपर्ने समय आएको हो।

उनले भने, ‘अर्थतन्त्रमा मनोबलको ठूलो भूमिका हुन्छ। हामीसँग पूँजी छ, प्रणाली छ, अब राजनीतिक स्थिरता पनि आउँदैछ। भारत र चीनले विकासको गति बढाएका छन्, हामी किन पछाडि रहनु ?’

डा. पौडेलले नेपालीहरू विश्वभर फैलिएको क्षमता र लगनशीलतालाई राष्ट्रको आर्थिक उन्नतिमा रूपान्तरण गर्न सके अर्थतन्त्र मजबुत रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले हाल अर्थतन्त्रको गतिमा बाधा पुर्‍याइरहेको कालोसूची (ब्ल्याकलिस्ट) समस्या समाधानमा सरकार र नियामक निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com