काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले जेन जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

advertisement

गभर्नर पौडेलले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेकोसमेत बताए। ‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर तत्काल वैधानिक गभर्मेन्ट छ । हामीहरू सबैले तपाईँहरूसँग कम्युनिकेसनमा बसिराखेका छौँ’ उनले भने

उनले अहिले वैधानिक सरकार रहेको र केही समयपछि जन निर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढ्नका लागि निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको बताए।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com