काठमाडौं । नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफूहरू ढाल बनेर उभिने चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले गृहमन्त्रीको कार्यशैलीप्रति असन्तोष जनाए पनि सरकारलाई अस्थिर बनाउने उद्देश्य नभएको स्पष्ट पारे। उनले भने, “गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना तथ्यमा आधारित हो, यो सरकार ढाल्ने वा संविधानमाथि धावा बोल्ने प्रयास होइन।”

advertisement

गुरुङले आफूहरू न्यायका लागि सडकमा उत्रिएका स्मरण गर्दै भने, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्याय, भ्रष्टाचारविरुद्ध र राज्य आतंकको अन्त्यका लागि संघर्षरत छौं। अब भाषण होइन, परिणाम चाहिन्छ।

उनका अनुसार योग्यताको प्रमाण पदले होइन, कार्यक्षमताले दिनुपर्छ। यदि हालका गृहमन्त्री पनि अघिल्ला सरकारजस्तै असफल भए भने हामी मौन बस्दैनौं, उनले स्पष्ट चेतावनी दिए।

सरकारलाई रचनात्मक सहयोग गर्ने तर आवश्यक परे प्रश्न गर्न नडराउने प्रतिवद्धता व्यक्त गर्दै गुरुङले सहिद परिवारप्रतिको वाचा पूरा गर्न आग्रह गरे। हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो, उनले लेखे, आज उहाँहरूले म्यान्डेट बिर्से भने भोलि अरूको हातमा सत्ता गएपछि देशको अवस्था कस्तो हुन्छ, त्यो पनि सोच्नुपर्छ।

अन्तरिम सरकारले चुनाव गराउने मात्र नभई आन्दोलनलाई वैधानिकता दिने ठोस कदम तत्काल चाल्नुपर्ने सुझाव दिँदै उनले भने, जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले जानून-प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूलाई कमजोर पार्नुअघि हामीलाई पार गर्नुपर्नेछ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com