काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन् । मधेस प्रदेशको उदाहरण दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने बताए ।

उनले भनेका छन्– ‘२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।’

advertisement

राप्रपा नेपालले प्रदेश संरचना खारेजी, हिन्दु राष्ट्र कायम र राजतन्त्रको पुनर्बहालीको माग अघि सार्दै सङ्घर्ष गर्दै आएको छ ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com