काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण धेरै कुरा सार्वजनिक रूपमा भन्न नसकिने बताएका छन् । उनले आफू शुद्ध मन र नियतले काम गरिरहेको स्पष्ट पारेका छन् ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हालै गृहमन्त्री अर्यालको कार्यशैलीबारे प्रश्न उठाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ कतिपय विषयहरूमा ‘के गर्दैछौं’ भन्न पनि मिल्दैन, ‘के गर्यौं’ भन्न त झन् कठिन हुन्छ । तर हामी शुद्धचित्त र इमानदार भावना सहित कर्ममै केन्द्रित छौं ।’
अर्यालले सुशासनको मार्गबाट अघि बढ्दै देशलाई निर्वाचनमार्फत् स्थायित्व र निकास दिन सरकार प्रतिबद्ध रहेको उल्लेख पनि गरेका छन् ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया