काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न पार्टीका नेता- कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनका अनुसार कात्तिक २५ गते एमालेले पालिका स्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन गर्ने भएको हो।
यसका लागि झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ/फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन एमाले महासचिव पोखरेलले एमालेजनलाई निर्देशन दिएका हुन्।
साथै जनप्रदर्शनमा तलका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया