काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

advertisement

उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com