काठमाडौं । डिशहोमले देशभरका स्पा तथा सलोन सेवामा अग्रणी द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा दिने घोषणा गरेको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको स्वास्थ्य, वेलनेस र जीवनशैलीलाई अझ समृद्ध बनाउने उद्देश्य राखेको छ। सम्झौताअनुसार अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका ट्राङक्विलिटी स्पा शाखाहरूमा विभिन्न सेवा शुल्कमा उल्लेखनीय छुट प्राप्त गर्न सक्नेछन्।
सहयोग अन्तर्गत सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA) मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
यस सहकार्यसम्बन्धी समझदारी पत्र (MoU)मा ट्राङक्विलिटी स्पा एण्ड सर्भिसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यू प्राेडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन्।
डिशहोमका सीईओ तारा मानन्धरका अनुसार, ‘यो साझेदारीले ग्राहकहरूलाई थप मूल्य र सन्तोषजनक अनुभव प्रदान गर्दै नेपालको अग्रणी वेलनेस ब्रान्ड र हाम्रो सेवाबीचको सम्बन्धलाई सुदृढ बनाउनेछ।’
ट्राङक्विलिटी स्पा देशका प्रमुख सहर र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको छ। लक्जरी वातावरण, दक्ष थेरापिस्ट र विश्वस्तरीय सेवा सुविधाका कारण यसले नेपालमा वेलनेस र रिल्याक्सेसनको प्रतीकको रूपमा आफूलाई स्थापित गरिसकेको छ।
सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी आफ्नो भर्चुअल कार्ड देखाएर कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा छुट प्राप्त गर्न सक्नेछन्।
डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत भोजन, यात्रा, मनोरञ्जन, वेलनेस र खुद्रा क्षेत्रमा विभिन्न साझेदारसँग सहकार्य गर्दै देशभरका ग्राहकहरूलाई प्रिमियम सेवा र छुट उपलब्ध गराउँदै आएको छ। कम्पनीले आगामी दिनमा आफ्ना साझेदार नेटवर्क अझ विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया