सबै तहका लिग नियमित हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको फुटबल खेलाडी संघलाई अखिल नेपाल फुटबल संघले वार्तामा बोलाएको छ ।
खेलाडीको माग सम्बोधनमा ढिलाई गरेको भन्दै आलोचना हुन थालेपछि एन्फाले खेलाडीहरुलाई आज वार्ताका लागि बोलाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै नेपाल फुटबल खेलाडी संघ र प्रतिनिधिलाई वार्ताका लागि आव्हान गरेका हुन् । ् फुटबलका बारेमा उठेका विचारलाई संवादको माध्यमबाटै समाधान गर्नका लागि वार्ता प्रकृया शुरु गरिएको शाहले उल्लेख गरेका छन् ।
क्लव र एन्फाबीच यो वर्ष शहिद स्मारक ए डिभिजन लिग नगर्ने र राष्ट्रिय लिग गर्ने सहमति भएपछि गत बिहीबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालयमा धर्ना दिएका थिए । मुख्यालय परिसर छिर्न नपाएपछि खेलाडीले मुलगेटै धर्ना र विरोध प्रदर्शन गरेका थिए ।
यसैबीच, खेलाडी संघका अध्यक्ष विक्रम लामाले वार्ता र संवादबाटै समस्याको समाधान निस्किने भन्दै त्यसका लागि आपूmहरु आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया