काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै मुख्यमन्त्री नियुक्ति गर्दै शपथ खुवाएर देशकै अस्मिता समाप्त पारेको टिप्पणी गरेका छन्।

‘स्वास्थ समस्या छ, उपचारको लागि काठमाडौँ जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली(महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सासंदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्। यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन। विरोध छ ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

advertisement

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com