काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवाद तीव्र बन्दै जाँदा प्रदेश प्रमुखको कार्यकक्षमै तोडफोड भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले आज प्रदेश प्रमुखको कार्यालय परिसरमा तोडफोड गरेका हुन् । प्रदर्शनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद तथा कार्यकर्ताहरू सहभागी थिए ।

advertisement

उनीहरूले कार्यालय अगाडिको बोर्ड, फूलका गमला र अन्य सामग्री तोडफोड गर्दै प्रदेश प्रमुखको राजीनामा माग गरेका थिए । प्रदर्शनकारीहरूले ‘संविधानको उल्लङ्घन गर्ने प्रदेश प्रमुख राजीनामा दे’ लगायतका नारासमेत लगाएका छन् ।

अस्वस्थ भएर उपचारका लागि काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित एक होटलमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीका रूपमा शपथ गराएकी थिइन् । यो घटनालाई लिएर मधेश प्रदेशमा व्यापक असन्तोष फैलिएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि तोडफोड भएको थियो । प्रदेश प्रमुखले संविधानको मर्म विपरीत कदम चालेको भन्दै प्रदर्शनकारीहरूले मधेशका विभिन्न सहरमा आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com