काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा कुलमान घिसिङ, बालेन साह, सामाजिक अभियन्ता बिजय कंडेल त्यस्तै जेनजी समुहबाट शिव यादव र अप्सना वानु लगायतका सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।
यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।
तत्कालको लागि कोही पदाधिकारी नहुने सामाजिक अभियन्ता बिजय कंडेलले बताए । उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने छ ।
अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया