काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले तोकेको कैद र जरिवाना रकम तिरेपछि उनी कारागारबाट छुटेका हुन्।
शेर्पा माथि बहुविवाह मुद्दा चलाइएको थियो। अदालतले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। उनी १८ कात्तिकमा धुम्बाराहीबाट पक्राउ परेका थिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार डिल्लीबजार कारागारका एक अधिकृतले शेर्पा अदालतमा दायर निवेदन स्वीकृत भएपछि रिहा भएको बताए।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया