काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित हुन लागेका छन्। आगामी बुधबार काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमका बीच उनी नेकपामा प्रवेश गर्ने तयारीमा छन्।

एमालेबाट निष्कासनमा परेपछि रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक राजनीतिक अभियान सञ्चालन गर्दै आएका थिए। एमालेले हालै पुराना नेताहरूलाई फर्किन आग्रह गरे पनि रावलले त्यो प्रस्ताव अस्वीकार गर्दै नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने निर्णय गरेका हुन्।

गत आइतबार रावल र नेकपाका शीर्ष नेताहरूबीच भएको वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याइएपछि उनी पार्टीमा प्रवेश गर्ने सहमति बनेको हो।

कात्तिक २६ गते हुने ‘वृहत् पार्टी समायोजन कार्यक्रम’मा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी गरिएको छ।

कार्यक्रममार्फत रावल नेतृत्वको मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com