काठमाडौं । प्रधानमन्त्री तथा पर्यटन मन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक प्रभावबाट मुक्त राख्न आग्रह गरेकी छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोषको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्था र तीसँग सम्बन्धित निकायमा राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने स्पष्ट धारणा व्यक्त गरिन्।

advertisement

उनले भनिन्, धार्मिक संस्थाका आफ्ना नियम, मूल्य र परम्परागत रीतिथितिहरू हुन्छन्। ती हाम्रो मौलिक संस्कृतिका आधार हुन्। यस्ता संस्थामा राजनीतिक छायाँ फैलाउनु र पार्टीगत हित साध्न खोज्नु गलत अभ्यास हो।

पशुपति क्षेत्र विकास कोषको कामकारबाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सञ्चालन हुने कानुनी व्यवस्था रहेको छ। हाल प्रधानमन्त्री कार्की आफैं पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी भएकाले बैठकको अध्यक्षता उनले गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्रलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरका रूपमा जोगाउन सबै सरोकारवालाको जिम्मेवारी भएको बताइन्। उनले कोषमा कार्यरत व्यक्तिहरूले धार्मिक आस्था र मूल्यप्रति समर्पित भई सेवा गर्नुपर्नेमा जोड दिँदै, राजनीतिक आस्थाभन्दा धार्मिक निष्ठा बलियो हुनुपर्छ, भनेर स्पष्ट सन्देश दिइन्।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com