काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश संकटमा परेको बेलामा एमालेले सधैं राष्ट्रलाई सही मार्गमा अगाडि बढाउने भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

आज पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा चुनौतीका बेला एमालेको योगदानलाई स्मरण गर्दै, पार्टीले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्ने काम निरन्तर गरेको बताए।

advertisement

उनले भने, ‘नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने होस्, यसमा एमालेले सधैं अग्रणी भूमिका खेलेको छ।’

पोखरेलले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको कुरालाई पनि स्मरण गराए।

उनले सबै वामपन्थी र राष्ट्रवादी शक्तिहरूलाई एमालेमा एकत्रित हुन आवश्यक रहेको उल्लेख गर्दै, पार्टीलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सबैलाई सहभागी हुन आह्वान गरे।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com