काठमाडौं । सर्वोच्च अदालतले डा. निकोलस भुसाल (कमल)लाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ ।
भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार (कात्तिक २४) न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
सर्वोच्चले धरौट लिने वा साधारण तारिखमा छोड्ने अधिकार प्रहरीलाई दिएको छ ।
भुसाल सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए । उनलाई मंगलबार (कात्तिक १८) दिउँसो गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया