काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला नजिक भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख प्रकट गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै घटनाप्रति संवेदना प्रकट गर्दै नेपाल भारतसँग एकताबद्ध रहेको बताएकी छिन्।

प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छिन्, ‘हिजो साँझ दिल्लीमा भएको दु:खद विस्फोटबाट म अत्यन्त मर्माहत भएकी छु। शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस कठिन घडीमा नेपाल भारतको साथमा छ।’

advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ लालकिल्ला नजिक भएको उक्त विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घटनास्थलमा सुरक्षाकर्मीहरू तैनाथ छन् र प्रारम्भिक अनुसन्धान सुरु गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com