काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहपछि पनि देशका राजनीतिक दल र नेताहरूले आत्मसमिक्षा नगरेको टिप्पणी गरेका छन्।
मधेश प्रदेशमा मुख्यमन्त्रीलाई होटेलमा शपथ गराइएको घटनाप्रति प्रतिक्रिया दिँदै उनले भने, हिजो मधेश प्रदेशमा तत्कालीन प्रदेश प्रमुखमार्फत होटेलमा कथित मुख्यमन्त्रीलाई शपथ दिलाइनु आफैंमा लोकतान्त्रिक मूल्य र संस्कारको अपमान हो। यसले देखाउँछ कि जेनजी विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले केही सिकेका छैनन्।
श्रेष्ठका अनुसार जेनजी विद्रोहको मूल उद्देश्य राजनीतिक दल र नेताहरूको शुद्धीकरण र रूपान्तरण हो, तर वर्तमान अभ्यासहरूले त्यसको बेवास्ता गरेको संकेत दिएका छन्।
उनले थपे, राजनीतिक पार्टीहरूमा देखिएको यो प्रवृत्ति अत्यन्त घातक छ। अब फेरि एकपटक सबैले मिलेर पार्टी र राजनीतिक संस्कृतिको शुद्धीकरणका लागि सशक्त आवाज उठाउन आवश्यक छ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया