काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित समारोहमा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

यसअघि सरकारले कानुनविपरीत मुख्यमन्त्री नियुक्ति गरेको आरोपमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम मङ्गलबारबाट लागू हुने गरी भण्डारीलाई पदमुक्त गरेका हुन्।

advertisement

भण्डारीले जनकपुरबाट बिरामी भएको कारण बताउँदै काठमाडौं फर्केपछि बर्दिबासस्थित एक होटलमा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्। उक्त कार्य कानुनविपरीत भएको भन्दै सरकारले कारबाही गरेको हो।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com