काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन उनीहरूको उत्तिकै भूमिका रहने बताएका छन् ।

नेपाल कानुन समाजद्वारा आज आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा उनले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने धारणा व्यक्त गरे ।

advertisement

मन्त्री सिन्हाले भने, ‘जसका लागि चुनाव आवश्यक छ, उनीहरूले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ, निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ ।’ सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान सङ्कटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको स्पष्ट पारे ।

मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउनेसम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘युवापुस्ताले अवसरको खोजी गरिरहेको छ, उनीहरूको भावनालाई सम्बोधन गर्न सरकार क्रियाशील छ, सङ्कटको निकास दिन जिम्मेवारीका काम भइरहेको छ, यसमा शङ्का गर्नुपर्दैन ।’

 

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com