काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको माग गर्दै भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर रुजु गर्नेतिर लाग्दा पार्टी अप्ठारोमा पर्ने सक्ने भन्दै सचेत गराएका छन् । आज (मंगलबार) केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिले नै गर्नुपर्ने बताए ।

‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ, उनले भने ।

advertisement

नेता डा.कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने पनि बताए । कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने उनको भनाइ छ । उनले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन बाध्यात्मक रहेको पनि बताए ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com