काठमाडौं ।  मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा पुनः समाहित भएका छन्। बुधबार आयोजित कार्यक्रममा उनले पार्टी एकताप्रति प्रतिबद्धता जनाउँदै बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प व्यक्त गरेका छन् ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको उपस्थितिमा हस्ताक्षर गरेर पार्टीमा प्रवेश गरेका रावलले संगठनलाई सुदृढ बनाउने प्रतिवद्धता जनाए।

advertisement

रावलले पार्टी विभाजनको प्रसङ्ग सम्झिँदै भने, ‘जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएका थियौँ, आज पुनः यही ठाउँमा फर्किएका छौँ। त्यो बिछोडको आलो घाउमा मलहम लागेको महसुस भइरहेको छ।’

रावल पछिल्ला वर्षहरूमा नेकपा एमालेबाट कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। हाल उनी पुनः संयुक्त नेकपामा फर्किएपछि वाम एकता प्रक्रियामा नयाँ उर्जा थपिएको देखिएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com