काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया