काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेता सुदन किराँतीले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफूहरूको कुनै पनि प्रकारको सहकार्य नहुने स्पष्ट बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै किराँतीले देशको राष्ट्रिय स्वाधीनता, अखण्डता र सुशासनका पक्षमा उभिएका सबै शक्तिहरूसँग सहकार्य गर्ने तर प्रचण्ड नेतृत्वको पार्टीसँग भने कुनै पनि प्रकारको साझेदारी सम्भव नदेखिएको बताएका हुन् ।
उनले भने, ‘नेपालको कानुनले ७० वर्ष नाघेकालाई वृद्धभत्ता दिन्छ, तर प्रचण्डको पार्टी त अहिले वृद्धाश्रमझैँ बनेको छ । आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको हो— त्यो मुद्दा नबोकेकाहरूसँग सहकार्य गर्न सकिँदैन।’
किराँतीले इतिहासमा प्रचण्डले गरेका राम्रा कामप्रति आफूहरूलाई सम्मान रहेको तर पछिल्ला वर्षहरूमा बहुमतको नाममा पार्टी कब्जा गरिएको आरोप लगाए । त्यसकै कारण आफूहरू नयाँ विचार र दिशासहित प्रगतिशील राष्ट्रिय अभियान थाल्न बाध्य भएको उनले स्पष्ट पारे ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया