काठमाडौं । जेन-जी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन् ।

निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो ।

advertisement

बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए । उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए ।

घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गर्दै, आफ्नो अवस्था हुँदाहुँदै पनि लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com