काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले हाल देशभर फैलिएको जेन–जी आन्दोलनको आर्थिक स्रोत शंकास्पद रहेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त आन्दोलनलाई स्वतःस्फूर्त नागरिक अभियानका रूपमा लिन नसकिने स्पष्ट पारे ।

advertisement

नेता थापाले आन्दोलनको व्यवस्थापकीय पक्षमा देखिएको ठूलो खर्चको स्रोतबारे आयोजकहरूले स्पष्ट पार्नुपर्ने माग गरे । उनले प्रश्न गरे, ‘हजारौँ युवाहरू देशैभर एकैसाथ सडकमा उत्रिँदा उनीहरूलाई वितरण गरिएका पानी, खाजा, प्रचार सामग्री र यातायातको खर्च कसले बेहोर्दैछ ? यो कुनै सामान्य तयारी होइन। यसको पछाडि कुन अदृश्य शक्ति सक्रिय छ भन्ने देशले जान्नै पर्छ।’

उनका अनुसार यो आन्दोलन केही नियोजित समूहले युवाहरूको भावनालाई प्रयोग गरेर देशमा अस्थिरता सिर्जना गर्न थालेको षड्यन्त्र हो ।

‘यो आन्दोलन नागरिक तहबाट स्वस्फूर्त रूपमा सुरु भएको होइन,’ उनले भने, ‘यसमा ठूलो लगानी भइसकेको छ र त्यो पूर्ण रूपमा प्रायोजित अभियान हो भन्ने प्रमाणहरू देखिएका छन्। यदि यो साँच्चै नागरिक आन्दोलन हो भने यसको आर्थिक स्रोत पारदर्शी बनाउनुपर्छ, तर अहिले कोही पनि त्यसको जिम्मा लिन तयार छैन।’

थापाले यस्तो अवस्थाले जेन–जी आन्दोलनको उद्देश्य र पृष्ठभूमिप्रति थप शंका उत्पन्न गरेको बताए ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com