काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई खुला सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले घिसिङले दर्ता गरेको ‘उज्यालो नेपाल पार्टी’ को प्रसंग उठाउँदै, मन्त्री पदमा बसिरहनु नैतिक रूपमा असङ्गत भएको टिप्पणी गरे।
पोखरेलका अनुसार गैरदलीय चरित्रको सरकार बनाएको दाबी गर्ने प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक रूपमा सक्रिय हुँदै चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्रीका हैसियतमा निरन्तरता दिनु सरकारको मूल प्रतिबद्धतासँग विसङ्गत छ।
उनले प्रश्न उठाए, ‘नयाँ पार्टी दर्ता गरेर चुनावी दौडमा खुलेर उत्रिएको व्यक्तिले मन्त्री पद सम्हालिरहनु प्रधानमन्त्रीले गरेको वाचा र धारणासँग मिल्छ ? यदि मेल नखाने हो भने उनलाई तत्काल पदमुक्त गर्नु आवश्यक होइन र?’
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया