काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले आफूहरू माओवादीसँगको एकतामा जानु बाध्यता भएको टिप्पणी गरेका छन्। तुलसीपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उदासीनताका कारण एमालेतर्फ फर्कने मार्ग बन्द भएपछि एकतामा जानु परेको बताए।

ज्वालाका अनुसार माओवादीसँग एकता गर्ने निर्णय रहरले नभई परिस्थितिले थिचेर गरिएको थियो। उनले एकताअघि एमालेमा फर्किनका लागि पार्टीभित्रका केही नेतासँग संवाद सुरु गरे पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरे।

advertisement

‘एमाले फर्किन मैले केही साथीहरूसँग छलफल चलाएको थिएँ, तर त्यतिबाट कुनै रेस्पोन्स आएन,’ ज्वालाले भने। उनले ओलीलाई अत्यधिक अहंकारी नेता भन्दै, ओलीले आफू सुधारिने प्रतिवद्धता जनाइदिएको भए तत्कालीन नेकपा (एस) का धेरै नेता सोही समयमा एमालेमै फर्किन सक्ने उल्लेख गरे।

‘हामीले चाहेको केवल ओलीले सुध्रिने आश्वासन दिनु थियो, त्यो नदिएपछि हामीलाई विकल्प खोज्नुपर्‍यो, ज्वालाले भने। ओलीले बेवास्ता गरेपछि अन्ततः माओवादीसँगको एकता नै बाटो बचेको उनले स्पष्ट पारे।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com