काठमाडौं । कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले कात्तिक २१ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको ९ दिन बितिसक्दा पनि छापिएका लाइसेन्स यातायात व्यवस्था विभागमा पुगेका छैनन्। मन्त्रीले दैनिक ५०० थान प्रिन्ट हुने बताए पनि सेवाग्राही अहिले पनि ‘कहिले वितरण हुन्छ’ भन्ने अनिश्चिततामा छन्।

विभागका अनुसार सुरुमा छपाइका लागि छुट्टै ढङ्गले तयार पारेका ५०० लाइसेन्सका डाटा केन्द्रलाई दिइएको थियो। तर प्रिन्ट भएर नआएकाले थप डाटा दिन रोकिएको विभागले जनाएको छ। विभाग र केन्द्रको सिस्टम आपसमा नजोडिने भएकाले डाटा छुट्टै बनाइदिनुपर्छ।

advertisement

सुरक्षण मुद्रण केन्द्रले छापिएका नमूना लाइसेन्स काठमाडौं विश्वविद्यालयको ल्याबमा गुणस्तर परीक्षणका लागि पठाएको छ। आवश्यक परे विदेशमा पनि परीक्षण गर्न सकिने केन्द्रले जनाएको छ। पानी, तेल र डीप फ्रिजर परीक्षणमार्फत टिकाउपन जाँचिने बताइएको छ।

हाल विभागसँग करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छन्। बजेट अभावका कारण चालु चरणमा करिब १२ लाख मात्र छाप्ने तयारी छ। नयाँ लाइसेन्समा पुराना १९ फिचरमध्ये ४ फिचर रहने छैनन् र चिप्सको साटो क्यूआर कोड प्रयोग हुनेछ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com