काठमाडौं । दुर्गा प्रसाईंले आफ्नो अभियान समूहलाई पार्टीको रूपमा दर्ता गर्दै निर्वाचन आयोगमा दर्ता प्रक्रिया पूरा गरेका छन्। पार्टीको सभापति माधव कल्पित नियुक्त भएका छन्, जो पहिले प्रसाईंको स्वकीय सचिवका रूपमा कार्यरत थिए।

कल्पितले नागरिकलाई जानकारी दिंदै भने कि आफू सभापति भए पनि पार्टीको वास्तविक नेतृत्व दुर्गा प्रसाईंकै हातमा रहनेछ। आइतबार बिहान कल्पितसहितका पार्टी सदस्यहरूले निर्वाचन आयोगमा पार्टीको सनाखत समेत गराइसकेका छन्।

advertisement

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरिसकेका छन् भने उनको अभियान समूहलाई सरकारले वार्ताका लागि बोलाएको छ। कल्पितका अनुसार नागरिक बचाउ महाअभियानले २७ बुँदे माग राख्दै दल दर्ता गरी आगामी निर्वाचनका लागि तयारी सुरु गर्ने योजना बनाएको छ।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला, महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्रीमा विष्णु बोहरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापा मगर नियुक्त भएका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com