काठमाडौं । पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बताएअनुसार काठमाडौंमा उपलब्ध पूर्व पार्टी पदाधिकारीहरुको बैठक बसेको हो ।

पार्टीको भावी कार्यक्रम तय गर्नका लागि एकता हुनुअघि पार्टीमा रहेका पदाधिकारीहरू छलफलमा जुटेको बताइएको छ । प्रचण्डको सचिावालयले यसलाई अनौपचारिक बैठक भनेको छ ।

advertisement

बैठकमा पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाललगायत नेताहरु भीम रावल, पूर्व उपराष्ट्रपतिसमेत रहेका नन्दबहादुर पुन, महिन्द्र राय यादल, पम्फा भुसाल, अग्नि सापकोटालगायतका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com