काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणालीअन्तर्गतको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

advertisement

प्रत्यक्षतर्फ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ।

मनोनयनविरुद्ध उजुरी माघ ७ गते दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ। मनोनयन तथा उजुरीसम्बन्धी जाँचबुझ माघ ८ गतेसम्म सम्पन्न गरी सोही दिन बेलुका स्वीकृत नामावली सार्वजनिक गरिने कार्यक्रम छ।

उम्मेदवारले नाम फिर्ता लिने समय माघ ९ गते दिउँसो १ बजेसम्म निर्धारित गरिएको छ भने सोही दिन अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिनेछ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको कार्यक्रम मंसिर २० गतेदेखि प्रारम्भ हुनेछ। जसमा राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दर्ता गर्न सक्नेछन्, जसको नामावली मंसिर २४ गते प्रकाशित गरिनेछ।

राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची पौष १३ र १४ गते पेश गर्नुपर्नेछ भने बन्दसूचीको अन्तिम प्रकाशन माघ २० गते गरिनेछ।

दुवै प्रणालीअन्तर्गतको मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा सञ्चालन हुनेछ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com