काठमाडौं । बेलायतमा बस्दै आएका शरणार्थीले स्थायी बसोबासको अनुमति पाउन कम्तिमा २० वर्ष कुर्नुपर्ने भएको छ ।

बेलायतको गृहमन्त्रालयले सार्वजनिक गर्न लागेको शरणसम्बन्धी नीति अनुसार बेलायतमा बसोबास गरेको २० वर्षपछि मात्र शरणार्थीले स्थायी आवासका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको हो ।

advertisement

बीबीसीका अनुसार, साना डुंगा चढेर बेलायत पुग्न खोज्ने र शरणार्थीका लागि दावी गर्नेको संख्या घटाउन त्यस्तो नीति ल्याउन लागिएको हो । सो नीति अनुसार आप्रवासी शरणार्थीलाई अस्थायी रुपमा मात्र बस्न अनुमति दिने व्यवस्था गरिँदैछ भने उनीहरुको अवस्थाबारे नियमित रुपमा अनुगमन गरिने भएको छ ।

बेलायतकी गृहमन्त्री सबना मोहम्मदले अवैध रुपमा हुने गरेको गैरकानूनी आप्रवासनले आफ्नो मुलुकलाई विभाजित गर्न खोजेकाले एकताबद्ध बनाउन कदम चालिएको बताएकी छन् । यसअघि यूरोपेली देश डेनमार्कले पनि शरणार्थी सम्बन्धी कडा नीति ल्याएको थियो ।

 

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com