काठमाडौँ । पोर्चुगल र नर्वे विश्वकप २०२६ का लागि आइतबार छनोट भएका छन् । पोर्चुगलले यसका लागि आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यस्तै इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो ।

समूह ‘एफ’ को खेलमा पोर्चुगलले पुछारमा रहेको आर्मेनियालाई सजिलै पन्छाएको हो र यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । पोर्चुगलले प्रतिबन्धबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोविना खेलेको थियो ।

advertisement

अब पोर्चुगलले लगातार सातौं पल्ट विश्वकप खेल्नेछ । समूह ‘ई’ मा प्राप्त जितपछि नर्वे भने सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको छ । हालान्डले यो छनोट यात्रामा एक्लैले १६ गोल गरे ।

 

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com