ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको भन्दै स्थानीय अदालतले दोषी घोषणा गरेको छ।
गत वर्ष विद्यार्थीहरूले आरक्षणविरुद्ध गरेको आन्दोलनलाई दमन गर्न हसिनाले राज्य संयन्त्रलाई बल प्रयोग गर्न निर्देशन दिएको अदालतले ठहर गरेको हो।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा चलिरहेको मुद्दामा न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको इजलास—सदस्यहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसहित—ले हसिनालाई मानवताविरुद्धका कार्यमा प्रत्यक्ष संलग्न ठहर गरेको छ।
इजलासले प्रदर्शनकारीमाथि हेलिकोप्टरमार्फत बम प्रहार गर्न हसिनाले आदेश दिएको निष्कर्ष पनि आफ्नो फैसलामा समावेश गरेको छ।
हाल इजलासले मुद्दाको फैसला क्रमशः पढिरहेको छ भने हसिनामाथि तोकिने सजायको भाग भने अझै घोषणा हुन बाँकी छ। फैसलाको अन्त्यमा सजाय सम्बन्धी विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया