काठमाडौँ । सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

निवासमा प्रवेश गरेर उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

advertisement

प्रसाईंका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी टोली साेमबार मध्यराति निवासमा पुगेको थियो ।

निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ । उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशङ्कासहित पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com