काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् ।

युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादव जस्ता नियमित खेलाडी छन् ।

advertisement

हिजो भएको लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै शानदार सुरुवात गरेको थियो।

आजै दिनको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com