काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्धको अनुसन्धान औपचारिक रूपमा अघि बढाइएको छ।
प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। हालसालै उनले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। साथै पछिल्ला दिनमा समाजलाई उत्तेजित गर्ने अभिव्यक्ति दिएको आरोप प्रहरीले लगाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार











प्रतिक्रिया