काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वकालमा अहिले देखिएको जस्तै खुलेआम भ्रष्टाचारका प्रकरणहरू नभएको दाबी गरेका छन्।

मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एमालेका विघटित प्रतिनिधिसभा सांसदहरूको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारका गतिविधि र निर्णयहरूले देशमा कुशासन र चरम भ्रष्टाचारको वातावरण सिर्जना भएको आरोप लगाए।

advertisement

ओलीले मन्त्रीहरूको नाम नलिई ऊर्जा क्षेत्रका ठूला निर्णय र विद्युत् खरिद–बिक्रीका शीर्षकमा ‘करोडौँको घोटाला’ भएको भन्दै विदेशी कम्पनीलाई अनुचित रूपमा कर छुट दिने कामबाट ‘कमिसन खोज्ने प्रवृत्ति’ बढेको टिप्पणी गरे।

उनका अनुसार आफ्नो नेतृत्वको सरकारले पनि केही भ्रष्टाचारका घटना देखिए तर अहिलेको जस्तो स्पष्ट, तोकिएका र उच्च रकमका घोटाला सार्वजनिक नभएको बताए।

उनले भने, ‘देश समृद्धिको दिशामा अघि बढ्दै थियो। त्यसबेला अनावश्यक रूपमा चरम भ्रष्टाचार, कुशासन, अराजकता देखिएको थिएन। अहिले जसरी विद्युत् खरिद–बिक्रीका नाममा, विदेशी कम्पनीलाई कर छुट दिने नाममा खुलेआम काण्डहरू बाहिर आएका छन्, त्यस्तो अवस्था त्यतिबेला थिएन।’

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com