काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् । उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन्।

काँग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति मात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।

advertisement

महामन्त्री थापाले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुंगिने निश्चित नभए पनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।

‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको काँग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,’ उनले भनेका छन्, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com