काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । देशको ठूलो करदाता रहेको चौधरी ग्रुपले गत बर्ष देशको कूल राजस्वको करिब २.३ प्रतिशत राजस्वमा योगदान दिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेका छन् । भेटपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ प्रतिशत योगदान दियो।’

चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताए ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com