जनकपुरधाम । बारामा नेकपा एमाले निकट युवा संगठनले आयोजना गरेको कार्यक्रममा महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको सहभागिता हुने भएपछि उत्पन्न तनावका कारण स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

राष्ट्रिय युवा संघ नेपाल, मधेस प्रदेश कमिटीद्वारा बाराको परवानीपुर गाउँपालिका–४, चैनपुरमा आयोजित ‘युवा जागरण अभियान’मा उनीहरू प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी सार्वजनिक भएपछि सिमरामा युवाहरूले विरोध प्रदर्शन थालेका थिए।

advertisement

विरोध चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताएका छन्। उनका अनुसार सिमरा विमानस्थल आसपासमा जेनजी समूह र राजनीतिक दलसम्बद्ध युवाबीच झडप हुँदा सरकारी तथा निजी सम्पत्ति सुरक्षा जोखिममा परेको थियो।

आज दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम जारी गरिएको हो।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com