काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताए । ‘जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको छ । कुनै कुराहरू कानुनी रूपमा गाह्रो छ । कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो,’ मन्त्री पुन भने ।

advertisement

अनलाइनखरबसँगको अन्तर्वार्तामा मन्त्री पुनले मन्त्रालयले नै प्रतिवेदन अख्तियारलाई दिएको बताए । ‘त्यो रिपोर्टलाई आधार मानेर यो–यो कुराहरूमा हेर्दिनु पर्यो भनेर अख्तियारलाई दिएको छ,’ उनले भने । मन्त्री भएपछि दुई महिनामा गरेका काम र शिक्षा सुधारबारे मन्त्री पुनसँग गरिएको अन्तर्वार्ता केहीबेरपछि प्रकाशित गरिने छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com