काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाराको सिमरामा पार्टीको कार्यक्रम अवरोध हुँदा मुलुकको शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको बताएका छन्।

भट्टराईले बुधबार सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा हस्तक्षेप हुनु गम्भीर विषय भएको बताए।

advertisement

महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन जाने क्रममा सिमरा विमानस्थलमा जेनजी समूहले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको छ।

भट्टराईले भने, ‘नेकपा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने पूर्व घोषणा भएको कार्यक्रममा हस्तक्षेपले मुलुकको शान्ति सुरक्षामा गम्भीर चिन्ता उत्पन्न गरेको छ। देशभर निर्विवाद रूपमा हिँडडुल गर्न र शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु।’

उनले यस्ता अवरोधहरूले आसन्न निर्वाचनलाई थप अनिश्चितता र अन्यौलतर्फ धकेल्ने सम्भावना भएकाले शान्ति सुव्यवस्था कायम राख्न सरकारलाई सचेत रहन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com